PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

गंगालाल र दशरथलाई मृत्युदण्ड दिइएको शोभा भगवतीमा ‘जनता जागेपछि’

गंगालाल र दशरथलाई मृत्युदण्ड दिइएको शोभा भगवतीमा ‘जनता जागेपछि’

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: प्रतिनिधिसभा विघटनपछि राजनीतिक दलसँगै नागरिक समाज आन्दोलित छ। माइतीघर र बालुवाटारमा विरोध प्रदर्शनपछि अहिले बृहत् नागरिक आन्दोलन राणाकालमा गंगालाल श्रेष्ठ र दशरथ चन्द्रलाई मृत्युदण्ड दिइएको स्थानमा केन्द्रित भएको छ।

मंगलबार शोभा भगवतीमा राजद्रोह मुद्दामा राणाहरुले मृत्युदण्ड दिएका श्रेष्ठ र चन्द्रलाई झुण्ड्याइएको स्थानबाट प्रतिगमनको विरोध गरे। शिल्पी थिएटरका रंगकर्मीहरुले शहीदहरुलाई ८० वर्षअघि मृत्युदण्ड दिइएको घटनालाई नाटकमार्फत प्रस्तुत गरे।

‘जनता जागेपछि’ नाम दिइएको नाटकमा राणा कर्णेल नरशमशेर र गंगालाल-दशरथबीच भएको संवाद प्रस्तुत गरिएको थियो। दुबै जनालाई कर्णेलसँग माफी माग्न भनिए पनि उनीहरुले निडर भएर राणा शासनको विरोध गर्छन्। दुबैलाई फाँसी दिन त्यहाँ डोरी तयार अवस्थामा रहन्छ। तर दुबैले अन्मितसम्म माफी नमाग्ने बताएपछि नरशमशेरले उनीहरुलाई गोली हानेर मार्न आदेश दिन्छ। यसै दृश्यलाई नाटकमार्फत कलाकारहरुले प्रस्तुत गरेका थिए। उक्त नाटक हेर्न शोभा भगवतीमा नागरिक अगुवा र स्थानीयको घुइँचो थियो।



ट्रेन्डिङ पोस्ट

Ncell