PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वीरगंजमा श्रीमानले गरे श्रीमतीको हत्या



पहिलोपोस्ट

वीरगंजमा श्रीमानले गरे श्रीमतीको हत्या

वीरगंजः वीरगंजमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। भारतीय नागरिक असरफ अन्सारीले श्रीमती मनु थापाको हातले घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ।

मंगलबार साँझ ६ बजे डेरामा आपसी मनमुटाव हुँदा उनले श्रीमतीको घाँटी थिचेर हत्या गरेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ।

उनीहरुले डेढ वर्षअघि प्रेम विवाह गरेका हुन्। केटाको परिवार वीरगंज छपकौयामा बस्दै आएको र डेढ वर्षअघि दुबैको दोस्रो विवाह गरेका थिए। मृतक मनुको पहिलो श्रीमानबाट साढे ३ वर्षकी छोरी छिन्। केटाले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरी मनुसँग विवाह गरेका हुन्।

शव पोस्टमार्टमका लागि नारायणी अस्पताल लगिएको पर्सा प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell