PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

बिहीबारदेखि मौसममा बदली हुने, हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात र हल्का वर्षा 



पहिलोपोस्ट

बिहीबारदेखि मौसममा बदली हुने, हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात र हल्का वर्षा 

काठमाडौंः पश्चिमी न्यून चापीय प्रणाली बिहीबारदेखि नेपाल प्रवेश गरेसँगै मौसममा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहीबारदेख िमुलुकको पश्चिम क्षेत्रमा हल्का वर्षा र हिमपात हुने जनाएको छ। बिहीबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशमा वर्षा र हिमपातको स्म्भापना रहेको जनाएको छ। 

हाल पाकिस्तान र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणाली बिहीबारदेखि नेपाल प्रवेश गर्ने महाशाखाको पूर्वानुमान छ। 

पूर्व सर्ने क्रममा सो प्रणालीका कारण शुक्रबार बाग्मती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपात हुने महाशाखाले जनाएको छ। 

शनिबार प्रणालीको असर गण्डकी, बाग्मती तथा प्रदेश २ मा समेत रहनेछ। शनिबार तीनै वटा प्रदेशमा पूर्ण तथा आंशिक रुपमा वर्षा हुने महाशाखाको पूर्वानुमान छ। सार्थ प्रदेश १ को उच्च भूभागमा हिमपात हुने महाशाखाको पूर्वानुमान छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell