PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

९ खेलाडीमा सीमित साउथह्याम्टनमाथि म्यानचेस्टर युनाइटेडको ९ गोल



पहिलोपोस्ट

९ खेलाडीमा सीमित साउथह्याम्टनमाथि म्यानचेस्टर युनाइटेडको ९ गोल

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्टनमाथि फराकिलो जित निकालेको छ। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा युनाइटेडले ९ खेलाडीमा सीमित साउथह्याम्टनमाथि ९-० गोलअन्तरको जित निकालेको हो।

खेलको दोस्रो मिनेटमै अलेक्जेन्ड्रे जान्केविचले रेड कार्ड खाँदै बाहिरिएपछि साउथह्याम्टन समस्यामा परेको थियो। आरोज वान-बिसाकाको गोलमा खेलको १८ औं मिनेटमा अग्रता बनाएका थिए। त्यस्तै २५ औं मिनेटमा मार्कस रासफोर्डले अर्को गोल थपे। साउथह्याम्टनका जन बेडनरेकले ३४ औं मिनेटमा आत्मघाती गोल गर्दा इडिसन काभानीले ३९ औं मिनेटमा गोल गरे। पहिलो हाफमा युनाइटेड ४ गोलले अघि रह्यो।

दोस्रो हाफमा युनाइटेडले ५ गोल थप्यो। जसमा एन्टोनी मार्सियलले ६९ र ९० औं मिनेटमा, स्कट म्याकटोमिनीले ७१ औं मिनेटमा, ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फ ८७ औं मिनैटमा र ड्यानियल जेम्सले अतिरिक्त समयमा गोल गर्दा युनाइटेडले फराकिलो जित निकालेको हो। उता साउथह्याम्टनका बेडनरेक ८६ औं मिनेटमा रेडकार्ड खाँदै बाहिरिएका थिए।

जितसँगै युनाइटेडले शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ। शीर्ष दुईमा रहेका २० खेल खेलेको सिटी र २२ खेल खेलेको युनाइटेड दुबैको समान ४४ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell