PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

रोनाल्डोको दोहोरो गोलमा युभेन्टसको जित



पहिलोपोस्ट

रोनाल्डोको दोहोरो गोलमा युभेन्टसको जित

कोपा इटालिया अन्तर्गत गएराति सम्पन्न पहिलो सेमिफाइनलको पहिलो लेगमा युभेन्टसले इन्टरमिलान माथि जित निकालेको छ। सन सिरो स्टेडियममा भएको खेलमा सुरुवाती अग्रता बनाएको घरेलु टोली मिलानलाई हराउँदै युभेन्टसले २-१ गोल अन्तरले जित निकालेको हो।

खेलको ९ ‍औं मिनेटमा लौटरो मार्टिनेजको गोलमा अग्रता बनाएको थियो। इन्टरका एस्ले योङले युभेन्टसका कुआड्राडोमाथि फउल गरेपछि युभेन्टसले २६ औं मिनेटमा पेनाल्टीको अवसर पायो। त्यसलाई सदुपयोग गर्दै क्रिस्टियानो रोनाल्डोले खेल बराबरीमा ल्याए। त्यस्तै रोनाल्डोले नै ३५ औं मिनेटमा गोल थपे। त्यसपछि दुवै तर्फबाट गोल नहुँदा युभेन्टसले पहिलो लेग २-१ ले आफ्नो पक्षमा पार्‍यो। खेलको दोस्रो लेग ९ फेब्रुअरीमा युभेन्टसको मैदानमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell