PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

आजबाट ट्राफिक जरिबाना दस्तुर अनलाइनबाट नै तिर्न सकिने



पहिलोपोस्ट

आजबाट ट्राफिक जरिबाना दस्तुर अनलाइनबाट नै तिर्न सकिने

काठमाडौं : आजबाट ट्राफिक जरिबाना अनलाइनबाट नै भुक्नानी गर्न सकिने भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजबाट अनलाइनबाट नै जरिबाना भुक्तानीको औपचारिक सुरुवात गर्दैछ। ट्राफिक नियम उल्लङ्घ गर्दा पहिले ट्राफिकले लिने जरिबाना तिर्न बैंकमा जानुपर्ने बाध्यता थियो। लामो समयसम्म बैंकमा लाइन बस्नुपर्ने र समय खर्चिनुपर्ने जनगुनासो बढेपछि अनलाइन मार्फत नै जरिबाना दस्तुर भुक्तानी गर्ने प्रणाली ल्याइएको प्रहरीले जानकारी दिएको छ।

पछिल्लो समय ट्राफिक महाशाखाले आफ्नो सेवाहरुलाई प्रविधिमैत्री बनाउँदै गएको छ। यसअघि कुनै पनि सवारी चोरी वा हराएमा अनलाइनबाट नै उजुरी  दिनसक्ने व्यवस्था ल्याएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell