PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

गौरीघाटबाट ३ किलो लागूऔषध 'पोल्यान्ड'सहित ४ जना समातिए



पहिलोपोस्ट

गौरीघाटबाट ३ किलो लागूऔषध 'पोल्यान्ड'सहित ४ जना समातिए

काठमाडौंः प्रहरीले लागूऔषध पोल्यान्डसहित चार जनालाई पक्राउ गरेको छ।

काठामाडौं गौरीघाटको बिभिन्न स्थानबाट महानगरीय प्रहरी वृत गौशालाबाट खटिएको टोलीले ३ केजी लागूऔषध पोल्यान्डसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा मोरङ उर्लाबारी घर भएका ४० वर्षीय अम्मर बर्देवा, धादिङ गल्छिका ३१ वर्षीय राजु अधिकारी, सिन्धुली बेलवारीकी २३ वर्षीय सबिना कार्की र मकवानपुर घरभएका ४२ वर्षीय कालु गोले रहेका छन्।

उनीहरु लागूऔषध पोल्यान्डको कारोबारी भएको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell