PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

महिला लिगमा आज दुई खेल: आर्मीलाई चौदण्डीको चुनौती



पहिलोपोस्ट

महिला लिगमा आज दुई खेल: आर्मीलाई चौदण्डीको चुनौती
विराटनगरसँग प्रतिस्पर्धा गर्दै आर्मी: फाइल फोटो

काठमाडौं: राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदैछन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र चौदण्डीगढी नगरपालिका भिड्नेछन्। १० अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको आर्मी जित निकाल्दै एपीएफसँगको अंकदुरी घटाउन चाहन्छ भने अघिल्लो खेलमा एपीएफसँग २२-० गोलले पराजय ब्यहोरेको चौदण्डगढी प्रतियोगितामा पहिलो जित निकाल्ने मौकाको खोजिमा रहने छ। खेल मध्यान्ह साढे ११ बजे सुरु हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र बिराटनगर महानगरपालिका भिड्नेछन्। समान ५ दुबै टोली प्रतियोगितामा आफ्नो तेस्रो जितको खोजीमा हुनेछन्। अंकतालिकामा पुलिस ८ अंकसहित तेस्रो स्थानमा छ भने विराटनगर ७ अंकसहित पाँचौं स्थानमा छ।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell