PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

मोटरसाइकल एक आपसमा ठोकिंदा एक युवकको मृत्यु



पहिलोपोस्ट

मोटरसाइकल एक आपसमा ठोकिंदा एक युवकको मृत्यु

काठमाडौंः झापामा मोटरसाइकल एक आपसमा ठोकिँदा एक युवकको मृत्यु भएको छ।

झापा शिवसतासी नगरपालिका ९ बस्ने  २३ वर्षीय करण कार्कीको मृत्यु भएको हो। मङ्गलवार राति झापा कनकाई नगरपालिका वडा नम्बर ८ स्थित बिरिङ पुल नजिकै पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ११ प ५७६७ नम्बर को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ७९प ७८८५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए।

सोही क्रममा बा ७९प ७८८५ मोटरसाइकल चालक  कार्कीको कम्मरको बाँया भागमा गम्भिर चोट लागी घाइते भएकाले उपचारको लागि बि एन्ड सी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि धरानको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान रिफर गरियो। त्यहाँ पनि उपचार नभएपछि भारतको सिलगुढी लग्ने क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

अनुसन्धानको लागि ठक्कर दिने मोटरसाइकल चालक र मोटरसाइकल नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell