PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

शंखमुलमा रहेको संसार सहकारीमा चोरी



पहिलोपोस्ट

शंखमुलमा रहेको संसार सहकारीमा चोरी
प्रतिकात्मक तस्बीर

काठमाडौंः काठमाडौंको शंखमुलमा रहेको सहकारीमा चोरी भएको छ।

मंगलबार राति काठमाडौं महानगरपालिका-१० शंखमुलस्थित संसार सहकारी संस्थामा चोरी भएको हो। सहकारीमा रहेको  नगद २ लाख २४ हजार रुपैयाँ मंगलबार राति चोरी भएको भएको प्रहरीले जानकारी दिएको छ।

'राती ताल्चा फोडेर चोरी गरेको देखिएको छ। थप अनुसन्धान गरिरहेका छौं,' महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका डिएपी दक्षबहादुर बस्नेतले भने।

प्रहरीले घटनाको प्राविधि पक्षबाट पनि अनुसन्धान गरिरहेको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell