PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

संवैधानिक निकायमा ओलीले जबरजस्ती नियुक्ति गरेपछि प्रचण्ड-नेपाल आक्रमक, भोलिबाटै आम हड्ताल



पहिलोपोस्ट

संवैधानिक निकायमा ओलीले जबरजस्ती नियुक्ति गरेपछि प्रचण्ड-नेपाल आक्रमक, भोलिबाटै आम हड्ताल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल प्रधानमन्त्री केपी ओलीको कदमप्रति थप आक्रामक बनेको छ।

आन्दोलनका निर्धारित कार्यक्रमलाई परिमार्जन गर्दै आम हडतालको घोषणा गर्ने प्रचण्ड-नेपाल समूहले तयारी गरेका हु्न्। आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर हड्तालको घोषणा हुँदैछ। २ बजेको पत्रकार सम्मेलनमा आन्दोलनका कार्यक्रम घोषणा हुने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। सरकारले जबरजस्ती संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै प्रचण्ड-नेपाल आक्रामक बनेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद नियुक्तिहरु जवरजस्ती गर्न थालेपछि उनीविरुद्ध आक्रामक रुपमा प्रचण्ड-माधव नेपाल समूह उत्रिने भएका हुन्।

बुधवार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा संवैधानिक निकायका प्रमुखहरुलाई प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले शपथ ग्रहण गराएका हुन्। 

संवैधानिक परिषदले गरेको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न खोज्दा हिजो मुद्दा दर्ता गरिएको थिएन।

शपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी थिए।

गएको मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगमा नियुक्तिका लागि ३८ जनाको नाम सिफारिस गरेको थियो। तिनै पदाधिकारीले आज शपथ लिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

सरकारले संसद विघटन लगत्तै संवैधानिक निकायमा रिक्त रहेका सबै पदमा सिफारिस गरेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदबाट भएका ३८ वटै नियुक्तिको कागजात फिर्ता गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell