काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा चौदण्डीगढी नगरपालिका त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजित भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले १२-० गोलअन्तरले जित निकालेको हो।
आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक सहित पाँच गोल गर्दा सपना लामाले दुई गोल गरिन्। त्यस्तै हेमा चौधरी, अन्जली वाइबा, बिमला चौधरी, बिमला बिक र रश्मी घिसिङले समान १/१ गोल गरे।
आर्मीले पहिलो हाफमा ८ गोल र दोस्रो हाफमा ४ गोल गरेको थियो। जितसँगै तालिकाको दोस्रो स्थानमा रहेको आर्मीले शीर्षस्थानमा रहेको एपीएफसँग अंकदुरी घटाएको छ। शीर्षस्थानमा रहेको एपीएफले ६ खेलबाट १८ अंक जोडेको छ भने आर्मीले जितसँगै ६ खेलबाटै १३ अंक जोडेको छ।
