PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

प्रधान न्यायाधीशले आम हड्तालको कुरा उठाउँदै सोधे : भोलि आम हड्ताल हुने समाचार छ, आउन सक्नुहुन्छ?



पहिलोपोस्ट

प्रधान न्यायाधीशले आम हड्तालको कुरा उठाउँदै सोधे : भोलि आम हड्ताल हुने समाचार छ, आउन सक्नुहुन्छ?

काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आन्दोलनरत नेकपाका प्रचण्ड - माधवकुमार नेपाल समूहले आम हड्तालको घोषणा गरेको प्रसंग उठाउँदै प्रश्न गरेका छन् - 'भोलि आम हड्ताल भन्ने समाचार आयो। के गर्ने? हामी त आउँछौं।'

आज संवैधानिक निकायमा नियुक्त भएकाहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधान न्यायाधीश राणाले सपथ ग्रहण गराएका थिए। त्यसैको विरोधमा नेकपाको आन्दोलित समूहले आम हड्तालको घोषणा गरेको हो। 

प्रधान न्यायाधीश राणाले आम हड्तालको प्रसँग उठाउँदै के गर्ने भन्ने प्रश्न गरेपछि महान्यायाधीवक्ताले जवाफ दिए - राज्यका सबै प्रणाली सुचारु हुन्छन् भने।

त्यसपछि प्रधान न्यायाधीशले भने, 'हामी त आउँछौं। निवेदकहरूको के छ? के गर्नुहुन्छ? आफैँ आउनुहुन्छ कि ल्याउने व्यवस्था गरौं?' 
निवेदकहरुले आफैँ आउने बताए। त्यसपछि भोल आम हड्ताल हुँदा पनि इजलास बस्ने भएको छ। 

नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले आज बहस गरिरहँदा अन्तिममा प्रधानन्यायाधीश राणाले हड्तालको प्रसंग उठाएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell