PahiloPost

Feb 27, 2026 | १५ फागुन २०८२

पुलिसमाथि विराटनगरको संघर्षपूर्ण जित

पुलिसमाथि विराटनगरको संघर्षपूर्ण जित

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : महिला राष्ट्रिय लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा विराटनगर महानगरपालिकाले नेपाल पुलिसमाथि संघर्षपूर्ण जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा विराटनगरले १-० को संघर्षपूर्ण जित निकालेको हो।

विराटनगरको जितमा पार्वती घलेले निर्णायक गोल गरिन्। उनले खेलको नवौ मिनेटमा गोल गरेकी थिइन्। जारी लिगमा विभागीय टोलीको बाहिरको टिमसँग पहिलो हार हो।

जितसँगै १० अंक जोडेको विराटनगर तेस्रो स्थानमा उक्लिएको छ। विराटनगरले ५ खेलबाट १० अंक जोडेको छ। तालिकाको शीर्ष स्थानमा रहेको एपीएफको १८ अंक छ भने दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबको १३ अंक छ। त्यस्तै ८ अंक जोडेको पुलिस चौथो स्थानमा छ।

सबै फोटो : समर्थ रञ्जित / पहिलोपोस्ट



ट्रेन्डिङ पोस्ट

Ncell