PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

अवहेलना मुद्दामा प्रचण्डलाई ७ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश



पहिलोपोस्ट

अवहेलना मुद्दामा प्रचण्डलाई ७ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश

काठमाडौं : सर्वोच्च अदालतले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश डा. मनोज शर्माको एकल इजलासले ७ दिनभित्र लिखित जवाफ सहित आफैं उपस्थित हुन आदेश दिएको हो।

प्रचण्डविरुद्ध समिर हायुले अदालतको अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए।

यसअघि अदालतले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्व प्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई पनि अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी गरिसकेको छ। उनीहरुलाई पनि लिखित जवाफ सहित आफैं उपस्थित हुन भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell