PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सुष्मा कार्कीले लिइन् उजुरी फिर्ता, दुवै पक्षबीच भयो सहमति



पहिलोपोस्ट

सुष्मा कार्कीले लिइन् उजुरी फिर्ता, दुवै पक्षबीच भयो सहमति

माघ १९ गते सुष्मा कार्कीले आफूमाथि क्लबमा कुटपिट भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। उक्त उजुरी उनले फिर्ता लिएकी छिन्।

नायिका स्वेता खड्काको बहिनी आरती र रंग पत्रकार उत्सव रसाइलीले नायिका सुष्मा कार्कीसँग माफी मागेका छन्। माफी मागेसँगै उनीहरूबीचको विवाद समाधान भएको नेपाल चलचित्र प्राविधिक संघका अध्ययक्ष पुस्कर लामाले बताए।

उनले भने, 'एकअर्काले आफ्नो गल्ती रियलाइज गरेर हात मिलाएर सहमति भइसक्यो। दुवै हाम्रै क्षेत्रको भएर अभिभावकको रुपमा दुवैलाई मिलाए पठायौँ।'

साथै उत्सबले माफी मागेपछि सहमति भएको समेत उनले बताए।

हिजो समेत छलफलका लागि दुवै पक्षलाई बोलाइएको थियो। तर, आरती र रसाइली नआएपछि सुष्माले लिखित उजुरी दिएर फर्किएकी थिइन्। विवाद समाधान भएसँगै उनले उजुरी फिर्ता लिएकी छिन्। 

माघ १९ गते राति दरबारमार्गस्थित लण्डन पब क्लबमा स्वेतासहित उनको बहिनी आरती र पत्रकार रसाइलीले गालीगलौज गर्नुका साथै कुटपिट गरेको भन्दै सुष्माले प्रहरीमा उजुरी दिएकी थिइन्। 

महानगरीय प्रहरी वृत दरबारमार्गमा आज दिनभर भएको दुवै पक्षबीचको छलफलपछि सहमति भएको हो। 

‘गल्ती गरेको स्वीकार गरेर माफी मागेपछि मैले उक्त मुद्दालाई अगाडि बढाईनँ। र, एकै क्षेत्रको भएर मैले माफ दिएकी हुँ,’ नायिका सुष्माले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell