PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

गोंगबुमा बिहानै ट्याक्सी जलाइयो, ५६ जना मानिस प्रहरी नियन्त्रणमा



प्रवीण रानाभाट

गोंगबुमा बिहानै ट्याक्सी जलाइयो, ५६ जना मानिस प्रहरी नियन्त्रणमा

काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले घोषणा गरेको आम हड्तालको बिहानै काठमाडौं गोंगबुमा ट्याक्सी जलाइएको छ।

अज्ञात समुहले  प्रदेश ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका हुन्। 'गोंगबुको टाउन पछाडि रोकेर राखेको ट्याक्सी जलाइएको हो। ट्याक्सीमा क्षति पुगेको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले भने।

घटनालगत्तै प्रहरी पुगेर आगो निभाएको थियो। प्रहरीले बन्द गराउँदै हिडेका ५६ जनालाई नियन्त्रणमा लिएको छ। ' अहिलेको अवस्था शान्त छ। केही प्रर्दशनकारीलाई नियन्त्रणमा लिएका छौ,' एसएसपी अशोक सिंहले भने।

प्रचण्ड-माधव समूहले सरकारले बुधवार गरेको संबैधानिक परिषद्को नियुक्तिको विषयलाई लिएर आज आम हड्तालको घोषणा गरेको छ। गृहमन्त्रालयले भने सम्पूर्ण सुरक्षा व्यवस्था मिलाएकाले निर्वाध रुपमा यातायात, व्यापार, उद्योग सञ्चालन गर्न आह्वान गरेको छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell