PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

लिभरपुल घरेलु मैदानमै ब्राइटनसँग पराजित



पहिलोपोस्ट

लिभरपुल घरेलु मैदानमै ब्राइटनसँग पराजित
तस्बिर रोयटर्स

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुल ब्राइटनसँग पराजित भएको एनफिल्डमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुल ब्राइटनसँग १-० गोलअन्तरले पराजित भएको हो।

ब्राइटनको जितमा स्टिभ अल्जाटेले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा उनले खेलको ५६ ‍औं मिनेटमा निर्णायक गोल गरे।

जितपछि ब्राइटनका प्रशिक्षक ग्राहम पोटरले ‘हिम्मत, स्तर र सहकार्य’ का कारण लिभरपुलमाथि जित सम्भव भएको प्रतिकृया दिए। पछिल्ला ४ खेलमा अपराजित ब्राइटनले यसअघिको खेलमा टोटेनहमलाई हराएको थियो।

जितसँगै ब्राइटन रेलिगेसन जोन भन्दा १० अंकले माथि उठेको। ब्राइटनको २२ खेलबाट २४ अंक छ। उता लिभरपुलले भने हार सँगै तेस्रो स्थानमा पुग्ने मौका गुमाएको छ। २२ खेलबाट ४० अंक जोडेको लिभरपुल अंकतालिकको चौथोस्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell