PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

म्यानचेस्टर सिटीको सहज जित



पहिलोपोस्ट

म्यानचेस्टर सिटीको सहज जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी बर्नलीमाथि जित निकालेको छ। टर्फ मोरमा सम्पन्न खेलमा सिटीले घरेलु टोली बर्नलीमाथि २-० गोलअन्तरले जित निकालेको हो।

सिटीको जितमा गाब्रियल जिसस र रहीम स्ट्रलिङले गोल गरे।

खेलको तेस्रो मिनेटमा नै सिटीले जिससको गोलमा अग्रता बनाएको थियो। त्यस्तै ३८ औं मिनेटमा इल्के गुण्डोगनको पासमा गोल गर्दै रहिम स्ट्रलिङले गोल गरे। त्यसपछि दुबै तर्फबाट गोल नहुँदा सिटीले खेल २-० गोल अन्तरले आफ्नो पक्षमा पार्‍यो। यो सँगै सिटीले प्रिमियर लिगमा १३ खेलमा अपराजित यात्रा तय गरिसकेको छ।

जितसँगै शीर्षस्थानमा सिटीले ३ अंकको अग्रता बनाएको छ। २१ खेलबाट सिटीले ४७ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले २२ खेलबाट ४४ अंक जोडेको छ।

त्यस्तै गएराति नै भएको खेलमा एभर्टनले लिड्सलाई २-१ ले र वेस्ट हमले एस्टोनभिल्लालाई ३-१ गोलअन्तरले हरायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell