PahiloPost

May 24, 2026 | १० जेठ २०८३

रत्नपार्क क्षेत्रमा प्रहरी र बन्दकर्ताबीच घम्साघम्सी, सर्वसाधारणको सवारी जोगाउँदै प्रहरी

रत्नपार्क क्षेत्रमा प्रहरी र बन्दकर्ताबीच घम्साघम्सी, सर्वसाधारणको सवारी जोगाउँदै प्रहरी

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : प्रचण्ड माधव समूहको आमहाड्ताल सफल पार्न उत्रिएका नेता कार्यकर्ता र प्रहरीबीच रत्नपार्कमा घम्साघम्सी चलेको छ। सर्वसाधारणको सवारी बन्द कर्ताले नियन्त्रणमा लिन खोजेपछि प्रहरीले रोक्न खोज्दा घम्साघम्सी परेको हो।

यस क्षेत्रमा प्रचण्ड माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ खटिएका छन्। आजको आम हड्ताललाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा नीति अपनाएको छ। बिहानबाटै बन्दकर्ताहरु पक्राउ पर्न थालेका छन्। नेकपा नेतृ अष्टलक्ष्मी शाक्य कलंकी क्षेत्रबाट पक्राउ परिसकेकी छन् भने विभिन्न स्थानबाट नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell