PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रहरीले नचिन्दा पक्राउ परिन् अष्टलक्ष्मी शाक्य!



पहिलोपोस्ट

 प्रहरीले नचिन्दा पक्राउ परिन् अष्टलक्ष्मी शाक्य!

काठमाडौं : पूर्वनिर्धारित तालिकाअनुसार बिहीबार आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहकी नेता अष्टलक्ष्मी शाक्य प्रदर्शन गर्न कलंकी चोकमा पुगिन्। उनीसँगै अन्य केही कार्यकर्ता तथा प्रर्दशनकारी कलंकी चोकमा भेला भइसकेका थिए। उनी कलंकी क्षेत्रबाट इन्चार्ज थिइन्।

त्यही क्रममा नाराबाजी भयो। उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा नाराबाजी गरेका थिए। सवारी साधनलाई अबरोध पुर्‍याउन खोजे। त्यसपछि प्रहरीले भट्टाभट्ट प्रर्दशनकारीलाई नियन्त्रणमा लियो।त्यही क्रममा सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लियो नेता शाक्यलाई। प्रहरीको भ्यानमा हालेर लगिएका उनलाई महाजगञ्जस्थित सशस्त्र प्रहरी गण-२ मा राखिएको छ। नेता शाक्य अन्य कार्यक्रममा सहभागी हुने पोशाक भन्दा केही फरक नै देखिन्थिइन्।

नेता शाक्यमात्र होइन आज बिहानै अन्य नेताहरु पनि विरोधमा उत्रिएका छन्। ललितपुरको सातदोबाटोमा देव गुरुङ, पुल्चोकमा पम्फा भुषाललगायत नेतहरुले सडकमा प्रर्दशन गरिरहेका छन्। प्रदर्शन गरेकै विषयलाई लिएर भने प्रहरीले नियन्त्रणमा लिएको छैन। तर नेता शाक्य भने यसै क्रममा नियन्त्रणमा परेकी छिन्। 'उहाँलाई  केटाहरुले चिनेनन्। त्यसैले नियन्त्रणमा पर्नुभएको हो। जानुहोस् भनेका छौं,' एक प्रहरी अधिकृतले सुनाए।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले शाक्यलाई जान भनिसकेको बताए।

अहिलेसम्म काठमाडौंबाट मात्र प्रहरीले ७४ जनालाई नियन्त्रणमा लिएको छ। भक्तपुरबाट १ जना, ललितपुरमा भने अहिलेसम्म शान्त नै छ। 'अहिलेसम्म कोही पक्राउ परेका छैनन्। कुनै अवरोध पनि  छैन,' महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्रचार्यले भनिन्।

आज बिहानै काठमाडौं गोंगबुमा ट्याक्सी जलाइएको छ। अज्ञात समूहले  प्रदेश ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका हुन्। 'गोंगबुको टाउन पछाडि रोकेर राखेको ट्याक्सी जलाइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell