PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

सातदोबाटो क्षेत्रमा बन्दकर्ताको संयमता : अस्पताल र अत्यावश्यबाहेकका सवारीलाई सम्झाउँदै फर्काउँदै

सातदोबाटो क्षेत्रमा बन्दकर्ताको संयमता : अस्पताल र अत्यावश्यबाहेकका सवारीलाई सम्झाउँदै फर्काउँदै

रोजन श्रेष्ठ/पहिलोपोस्ट


प्रचण्ड माधव समूहले आम हड्ताल घोषणा गरेसँगै सवारी साधन सञ्चालनमा अवरोध आएको छ। सातदोबाटो क्षेत्रमा बन्दकर्ताले अस्पताल र अन्य अत्यावश्यक सवारीलाई जान दिएको छ भने अरु सवारी साधनलाई सम्झाई बुझाई फर्काइरहेका छन्।

आन्दोलनकारी सरकारविरुद्ध नारा लगाइरहेका छन्। प्रचण्ड माधवको नेपाल कम्युनिस्ट पार्टी संवैधानिक निकायहरुमा बुधवार सरकारले नियुक्ती दिलाएसँगै आक्रामक रुपमा सडकमा उत्रिएको हो। यस क्रममा बिहानैबाट नेता कार्यकर्ता पक्राउ परिसकेका छन्। ललितपुर क्षेत्रबाट भने एक जना पनि पक्राउ परेका छैनन्।

'अहिलेसम्म कोही पक्राउ परेका छैनन्। कुनै अवरोध पनि  छैन,' महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्रचार्यले भनिन्।



ट्रेन्डिङ पोस्ट

Ncell