PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

आमहड्तालका लागि सडकमा निस्किए प्रचण्ड, सातदोबाटो पुगेर प्रदर्शनकारीलाई दिए साथ

आमहड्तालका लागि सडकमा निस्किए प्रचण्ड, सातदोबाटो पुगेर प्रदर्शनकारीलाई दिए साथ

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आमहड्तालका क्रममा सातदोबाटो पुगेका छन्।

प्रतिनिधिसभा विघटन र संवैधानिक आयोगमा असंवैधानिक नियुक्तीको विरोधमा प्रचण्ड नेपाल समूहले घोषणा गरेको आमहड्ताल सफल बनाउन प्रचण्ड सडकमा निस्किएका हुन्।

प्रचण्ड सातदोबाटो पुगेको बेला त्‍यहाँ उपस्थित कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध नारा लगाएका थिए। केही मिनेट सातदोबाटो चोकमा बसेका उनले प्रदर्शनकारीहरुको नारालाई साथ दिए। त्यसपछि उनी अन्य स्थानका लागि हिँडेका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell