PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

सुर्खेतमा यस्तो देखियो आमहड्तालको प्रभाव, प्रतिकार गर्ने ओली समूहको चेतावनी

सुर्खेतमा यस्तो देखियो आमहड्तालको प्रभाव, प्रतिकार गर्ने ओली समूहको चेतावनी

पी बी खड्का/पहिलोपोस्ट


सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल¬ नेपाल समूहले गरेको आमहड्तालको असर सुर्खेतमा पनि देखिएको छ। प्रदेशको राजधानी वीरेन्द्रनगरको जनजिवन प्रभावित बनेको छ। सवारी साधान निर्वाध रुपमा सञ्चालन हुन सकेका छैनन्। सुर्खेत भित्रिएका ट्रक र बसलाई प्रहरीले स्कटिङ गरेर वीरेन्द्रनगर प्रवेश गराएको छ भने, अत्यावश्यक बाहेक अन्य सवारी साधन चल्न सकेका छैन।

आमहडताललाई सफल बनाउन दाहाल नेपाल समूहका बन्दकर्ताहरुले बजारका पसल, उद्योग, व्यवसाय, र सवारी साधनहरु बन्द गराउँदै हिडिरहेका छन्।

यद्यपि, सुर्खेतमा अहिलेसम्म अप्रिय घटना नभएको सुर्खेत प्रहरीले जनाएकोछ । बन्दकर्ताहरु एकाविहानै सडकमा उत्रिएपनि शान्तिपूर्ण रहेको हो।

यता, प्रधानमन्त्री केपी ओली समूहका नेता र कार्यकर्ताले आज बन्द नहुने भन्दै प्रतिवाद गर्ने चेतावनी दिईरहेका थिए। ओली समूहका अनेरास्वीयू र राष्ट्रिय युवा संघ लगाएतका युवाहरुले कुनै पनि हालतमा बन्द नहुने र प्रतिकार गर्ने बताएका थिए। तर, अहिलेसम्म कोही नेता कार्यकर्ता त्यसको प्रतिकारमा देखिएका छैनन्।

अनेरास्ववीयू सुर्खेतका संयोजक धुपेन्द्रबहादुर शाहीले लेखेका थिए, ‘भोलि एमसी गुरुपले भनेको आमहडतालले बेलौती हो समयमै मङगलगढी चोकमा जाउ र यसको मजाले प्रतिकार गरौँ। हामी फेरि पनि कोरोना महामारीले प्रभावित भएका सम्पूर्ण क्षेत्रका बन्द, हडताल होइन उपयुक्त वातावरण बनाउनुपर्छ भन्नेमा छौँ। आफ्ना गतिविधि दैनिक रुपमा सञ्चालन गरौँ अनेरास्वीयू सुर्खेत साथमा छ। हामी यो नौटङकीको मज्जाले सामाना गर्छौ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बन्द, हडताल केही छैन सवै आफ्ना व्यापाार, व्यवसाय सञ्चालन गरौँ।’

तर, अहिलेसम्म ओली समूहका नेता कार्यकर्ता देखा परेका छैनन्।

दाहाल नेपाल समूहका नेता कृष्ण जिसीले अहिलेसम्म आमहडताल सफल बनाउन सबैले साथ दिएको दाबी गरे।



ट्रेन्डिङ पोस्ट

Ncell