PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

खेत खन्दै गर्दा १ सय ८५ राउन्ड गोली भेटियो



पहिलोपोस्ट

खेत खन्दै गर्दा १ सय ८५ राउन्ड गोली भेटियो
फाइल फोटो

काठमाडौंः मोरङमा खेत खन्दै गर्दा गोली फेला परेको छ।

उर्लाबारी नगरपालिका वडा नम्बर १ लक्ष्मीझार बहादुर लिम्बुको घर नजिकै रहेको खेतमा १ सय ८५ राउन्ड गोली फेला परेको हो। ५३ वर्षीय भक्त बहादुर सुवेदीले खेत खन्ने क्रममा कालो रङ्गको प्लास्टिक भित्र पोका पारी माटो मुनि गाडेको  गोली फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए।

७.६२ एमएमको गोली फेला परेको हो। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell