PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गोंगबुमा जलाएको ट्याक्सीको जिम्मेवारी कसले लिने ?



पहिलोपोस्ट

गोंगबुमा जलाएको ट्याक्सीको जिम्मेवारी कसले लिने ?

काठमाडौंः आन्दोलनरत् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुहका नेता भीम रावलले गोंगबुमा आज बिहान जलाएको ट्याक्सीको बारेमा आफूलाई थाहा नभएको दाबी गरेका छन्।

आज प्रचण्ड-नेपाल समूहले आम हड्तालको घोषणा गरेको थियो। त्यही क्रममा बिहान गोंगबुमा अज्ञात समूहले  प्रदेश ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका थिए। आगजनीको जिम्मेवारी कसले लिन्छ भन्ने हाम्रो प्रश्नमा नेता रावलले भने,' हामी शान्तिपूर्ण आन्दोलनमा छौं। त्यो घटनाबारे मलाई केही पनि जानकारी छैन।'

काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा बन्द तथा सवारी अवरोध गराउँदै हिडेका प्रर्दशनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौंबाट मात्र ८० जनाभन्दाबढीलाई नियन्त्रणमा लिएको छ। त्यही क्रममा आन्दोलनरत् समूहकी नेता अष्टलक्ष्मी शाक्य पनि नियन्त्रणमा छिन्।

'शान्तिपूर्ण आन्दोलन गर्दा पनि सरकारले घरपकड गरिरहेको छ। यसो हामी भर्सना गर्दछौं। तत्काल रिहा गर्न समेत माग गर्छौं,' नेता रावलले भने।

गोंगबुमा ट्याक्सी जलाउनेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। आगजनी गर्ने जो कोही भएपनि नियन्त्रणमा लिने प्रहरीको दावी छ।

त्यस्तै गृहमन्त्रालयले बुधवार विज्ञप्ती जारी गर्दै सरकारले सम्पूर्ण सुरक्षा व्यवस्था मिलाएकाले यातायात, व्यापार, उद्योग सञ्चालन गर्न आह्वान गरेको थियो। तर एकाबिहानै गोंगबुको घटनाले मानिसलाई केही त्रास फैलाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell