PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

बन्द गराउँदै हिँडेका १९ जना नेकपाका नेता कार्यकर्ता वीरगंजबाट पक्राउ, यस्तो छ बन्दको प्रभाव



राधेश्याम पटेल

बन्द गराउँदै हिँडेका १९ जना नेकपाका नेता कार्यकर्ता वीरगंजबाट पक्राउ, यस्तो छ बन्दको प्रभाव

वीरगंज : प्रचण्ड माधव समूहको नेकपाले अह्वान गरेको आजको बन्द हडतालको प्रभाव मध्य तराईका जिल्लामा पनि परेको छ। नेता कार्यकर्ताहरुले बिहान ६ बजेदेखि नै उद्योग, कलकारखाना, बजार, शैक्षिक संस्था, यातायायत बन्द गराउँदै हिँडेका थिए। सोही क्रममा वीरगंजको घण्टाघर र विभिन्न स्थानमा विरोध प्रदर्शन गर्ने वीरगंजका १९ जना नेकपाका नेताहरु पक्राउ परेका छन्। पक्राउ पर्नेमा रहबर अन्सारी, मनोज चौधरी, अरबिन्द सिंह, लालबाबु यादव, विवेक साह, प्रभाकर गुप्ता, शिवम साह, जुबेर आलम, लालबहादुर पटेल, व्यास यादव, धुरेन्द्र पटेल, टुनटुन पटेललगायत रहेका छन्। वीरगंज र कलैया बजार पनि पूर्ण रुपमा बन्द रहेको देखिएको छ।

अत्यवश्यक सेवा जस्तै औषधि उद्योग, एम्बुलेन्स, दुध बोक्ने गाडी, सञ्चार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी बाहेकको सवारी साधन फाटफुटमात्र चलेको छ। सडकमा गाडी नचल्दा वीरगंज–पथलैया र वीरगंज कलैया सडकखण्ड पनि सुनसान देखिएको छ। प्रदेश २ ट्राफिक कार्यालय अनुसार पनि पूर्व–पश्चिम राजमार्गमा पनि न्यून मात्रामा सवारी साधन चलेको बताइएको छ। वीरगंज कोरिडोरमा औषधि र खद्यान्न बाहेकका उद्योगहरुको कम मात्रामा चलेको वीरगंजका उद्योगीहरुले बताएका छन् भने वीरगंजका सरकारी तथा निजि स्कूल र कलेजहरु पनि फाटफुट मात्र चलेको र बाँकी बन्द हडतालको समर्थनमा बन्द गरेका छन्। पर्साका सरकारी कार्यालयहरु आंशिक रुपमा सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell