PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

सेनाको बख्तरबन्द गुडेपछि आन्दोलनमा उत्रिएका आन्दोलनरत र ओली पक्षीय दुवै समूह तितरवितर

सेनाको बख्तरबन्द गुडेपछि आन्दोलनमा उत्रिएका आन्दोलनरत र ओली पक्षीय दुवै समूह तितरवितर

एम बम/पहिलोपोस्ट


धनगढी : प्रचण्ड–माधव नेपाल र र ओली समूहको छुट्टाछुट्टै प्रदर्शन चलिरहेको समयमा नेपाली सेनाले बख्तरबन्दले धनगढी बजार परिक्रमा गराएको छ। 

आम हड्तालसँगै धनगढीमा प्रचण्ड माधव समूहले आज प्रदर्शन गरिरहेको छ। त्यसैको विरोधमा मध्यान्हबाट ओली समूहका केही युवाहरू समेत सडकमा आएका छन्। धनगढीको ट्राफिक चौराहामा दुवै समूहले प्रदर्शन गरिरहेका समयमा सेनाले बख्तरबन्द प्रदर्शन गरेपछि केही बेर युवाहरू तितरवितर भएका थिए ।

सेना गाडी प्रदर्शन चाहिँ पूर्व निर्धारित नै थियो। आम हड्ताल चाहिँ हिजोमात्र तय भएको थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell