PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबिच झडप, स्थिति नियन्त्रण लिन हवाई फायर



पहिलोपोस्ट

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबिच झडप, स्थिति नियन्त्रण लिन हवाई फायर

जनकपुरधाम : बजार बन्द गराउँदै हिँडेका आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका प्रदर्शनकारी र प्रहरी बिच झडप भएको छ।

प्रहरीसँगको झडपमा परि नेकपा दाहाल नेपाल समूहका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री रामचन्द्र झा घाइते भएका छन्।

बजार बन्द गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरुलाइ प्रहरीले अवरोध सृजना गरे पछि झडप भएको थियो। सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट नेता झा घाइते भएका हुन। उनको टाउकोमा चोट लागेको नेकपा जिल्ला सचिव दीपक यादवले जानकारी दिएका छन्। नेता झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

ना १ क ५१२ नम्बरको प्रहरीको गाडी र ज १ च १५७० नम्बरको मालसामान ढुवानी गर्ने निजी गाडीमा समेत प्रदर्शनकारीले तोडफोड गरेका छन्।

झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउन्ड हवाई फायर समेत भएको प्रहरीले जानकारी दिएको छ।  प्रहरीले दाहाल नेपाल समूहका दर्जनौँ कार्यकर्तालाई पक्राउ समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell