PahiloPost

Oct 11, 2025 | २५ असोज २०८२

आम हड्तालको समय घर्किँदै गर्दा जब सडकमा प्रधानमन्त्रीको पुत्ला जलाइयो…

आम हड्तालको समय घर्किँदै गर्दा जब सडकमा प्रधानमन्त्रीको पुत्ला जलाइयो…

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुहले घोषणा गरेको आमहड्तालका कारण आज देशभर नै प्रर्दशन भयो। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रर्दशनकारी सक्रिय देखिएका थिए। त्यसमध्ये पनि काठमाडौंको चाबहिल क्षेत्रमा प्रदर्शनकारीले नाराबाजीमात्रै होइन टायर जलाउने सम्मका गतिविधि गरिरहे। 

त्यसै क्रमममा आम हड्तालको समय घर्किँदै जाँदा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन समेत गरेका छन्। पुत्ला दहन गरे पनि प्रहरीले तत्कालै आगो भने निभाएको थियो। त्यसपछि प्रर्दशनकारीले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनदेखि संवैधानिक निकायको नियुक्तिको विरोधमा नारावाजी गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell