PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

प्रदेश २ : दिनभरिमा ६१ जना पक्राउ, सिरहामा पक्राउ परेका अझै प्रहरीको नियन्त्रणमा



पहिलोपोस्ट

प्रदेश २ : दिनभरिमा ६१ जना पक्राउ, सिरहामा पक्राउ परेका अझै प्रहरीको नियन्त्रणमा

जनकपुरधाम : नेकपाको प्रचण्ड-माधव नेपाल समूहको आमहड्तालमा निस्केका प्रदेश २ का ५ दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको थियो। बन्द गराउन हिँडेका ६१ प्रदर्शनकारीलाई पक्राउ गरी नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार पर्सामा ३१, धनुषामा ११, महोत्तरीमा ५, रौतहटमा ६, बारामा ८ र सिरहामा २ जनालाई नियन्त्रणमा लिइएको थियो। प्रदेशभरबाट पक्राउ परेका ६१ जनामध्ये ५९ जनालाई छोडिएको छ भने सिरहामा पक्राउ परेका २ जनालाई अहिले पनि नियन्त्रणमै राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell