PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

ओमनमा हुने लिग-२ का लागि ३२ खेलाडीलाई क्याम्पमा बोलाइयो, पीएम कपमा प्रभावशाली खेलाडी क्याम्पमा



पहिलोपोस्ट

ओमनमा हुने लिग-२ का लागि ३२ खेलाडीलाई क्याम्पमा बोलाइयो, पीएम कपमा प्रभावशाली खेलाडी क्याम्पमा

काठमाडौं : आईसीसी सीडब्लूसी लिग २ अन्तर्गत मार्च महिनामा ओमनमा हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

त्यसमध्ये २१ खेलाडीले माघ २४ गते बन्द प्रशिक्षणमा आउने छन् भने बाँकी खेलाडीको बारे क्यानले उल्लेख गरेको छैन। ती २१ खेलाडीमा अघिल्लो हप्ता सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छन्। त्यस्तै, बाँकी १० जना खेलाडी राष्ट्रिय टिमका नियमित खेलाडीहरु छन्।

पृथु बास्कोटा, सौरभ खनाल, विक्रम सोब, राजेश पुलामी, रोहित पौडेल, सुशन भारी, साहब आलम, सन्दीप जोरा, कमलसिंह ऐरी, आशिफ शेख, सुनिल धमला. कुशल भुर्तेल, ललित राजबंशी, हरि शंकर शाह, विवेक यादव, रामनरेश गिरी, अर्जुक कुमाल, कृष्ण कार्की, खड्ग बहादुर बोहोरा, अनुज चुनरा र पवन सर्राफ प्रशिक्षणमा सहभाागी हुनेछन्।

त्यस्तै, वाँकी १० खेलाडीहरु भने तत्काल बन्द प्रशिक्षणमा जाने छैनन्।

शरद भेषावाकर, अभिनास बोहोरा, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का र ज्ञानेन्द्र मल्ल प्रशिक्षणमा सहभाागी हुनेछैनन्।

यसअघि क्यानले कतारसँगको सिरिजका लागि पनि खेलाडीको नाम घोषणा गरे पनि प्रतियोगिता स्थगित भएको भन्दै बन्द प्रशिक्षण भने भएको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell