PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

टोटेनहममाथि चेल्सीको संघर्षपूर्ण जित



पहिलोपोस्ट

टोटेनहममाथि चेल्सीको संघर्षपूर्ण जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले टोटेनहम हट्सपरमाथि जित निकालेको छ। टोटेनहमको घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सीले १-० को संघर्षपूर्ण जित निकालेको हो।

चेल्सीको जितमा जोर्गिन्होले निर्णायक गोल गरे। उनले खेलको २४ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। टोटेनहमका एरिक डाएरले चेल्सीका टिमो वेर्नरलाई फउल गरेपछि चेल्सीले पेनाल्टीको अवसर पाएको थियो।

जितसँगै २२ खेलबाट १० जित र समान ६/६ बराबरी र पराजय ब्यहोरेको चेल्सी ३६ अंकसहित तालिकाको छैटौं स्थानमा छ। त्यस्तै टोटेनहम २१ खेलबाट ३३ अंक जोड्दै तालिकाको ३३ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell