काठमाडौं : सभामुख अग्नि सापकोटा संवैधानिक निकायका पदाधिकारी नियुक्तविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालत पुगेका छन्।
संवैधानिक परिषदले सभामुख तथा प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा नै विभिन्न संवैधानिक निकायमा नियुक्तिको सिफारिस गरेको थियो। सभामुख सापकोटाले नियुक्तिको पत्र फिर्तासमेत गरेका थिए।
सिफारिसको ४५ दिन पूरा भएपछि सभामुखको अनुपस्थितिमा नै प्रधान न्यायाधीशले राष्ट्रपति कार्यालयमा उनीहरुलाई सपथ ग्रहण गराएका थिए।
सभामुख सापकोटाले प्रधान न्यायाधीश, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष लगायतलाई विपक्षी बनाएका छन्। मुद्दा दर्ता भइसकेको छैन।
