PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बदामको ब्यापारदेखि रुखबाटै रमिता : दरबारमार्गमा देखिएको सत्ताको शक्ति प्रदर्शनका दृष्य

बदामको ब्यापारदेखि रुखबाटै रमिता : दरबारमार्गमा देखिएको सत्ताको शक्ति प्रदर्शनका दृष्य

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको शक्ति प्रदर्शन दरवारमार्गमा जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीको शक्ति प्रदर्शनमा विभिन्न जिल्लाहरुबाट कार्यकर्ताहरु बोलाइएको छ।

महेन्द्रको सालिकबाट नारायणहिटीतर्फको क्षेत्र मानिसहरुले भरिएको छ। अझ त्यसक्षेत्रका रुखहरुमा चढेर पनि मानिसहरु भाषण हेरिरहेका छन्। बाजागाजा बजाएर विभिन्न कलेजका विद्यार्थी संगठन, विभिन्न जिल्लाका कार्यकर्ताहरु त्यहाँ मिसिएका छन्।

दरबारमार्गमा विरलै देखिने बदाम बेच्ने मानिसहरु पनि त्यत्तिकै छन्। टाढाबाट आएका जस्ता देखिने कार्यकर्त भुइमा बसेर बदाम खाइरहेको देखिन्छन्।

कार्यक्रमको विभिन्न स्थानमा माइक राखिएको छ भने महेन्द्र सालिक छेउमा र कार्यक्रम स्थल छेउमै अर्को डिस्प्ले पनि राखिएको छ। मौसम बिग्रँदै गएकाले पानी पर्ला कि भन्ने हतासमा पनि कार्यकर्ताहरु देखिन्छन्।

त्यस्तै प्रहरीले सुरक्षा ब्यवस्था कडा बनाएको छ। सडकमा प्रहरीको बाक्लो उपस्थिति छ भने नजिकका भवनमाथिबाट पनि सुरक्षाकर्मीले कडा निरगरानी गरेको देखिन्छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell