PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

सत्ताबाट गृहमन्त्रीले गरे 'तेस्रो जनआन्दोलन'को घोषणा, प्रचण्ड-माधव नेपाल समूहलाई चिडियाखानामा थुन्ने चेतावनी



पहिलोपोस्ट

सत्ताबाट गृहमन्त्रीले गरे 'तेस्रो जनआन्दोलन'को घोषणा, प्रचण्ड-माधव नेपाल समूहलाई चिडियाखानामा थुन्ने चेतावनी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली पक्षीय सभालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले प्रचण्ड-माधव नेपाल समूहले सञ्चालन गरेको आन्दोलनलाई अपराधीको संज्ञा दिएका छन्।

नेकपाको प्रधानमन्त्री ओली समूहको बागमती प्रदेशले आयोजना गरेको सभामा बोल्दै नेता बादलले 'मांसाहारी आन्दोलनको घोषणा गरेको समूह'लाई संविधान र कानुनले अपराधी घोषणा गर्दै जावलाखेलको चिडियाखानामा लगेर थुन्ने बताए। 'केहीले भ्रम छर्दै छन्। मांसहारी आन्दोलन गर्छु भन्दै हिँडेका छन्। ती मांसाहारी आन्दोलन गर्छु भन्नेलाई संविधानले कानुनले अपराधी घोषणा गर्छ। मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलको चिडियाखानामा लगेर थुन्छौँ,' प्रचण्डको नाम नलिइ उनले भने।

केही समय अगाडि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शाहकारी आन्दोलनले नपुग्ने भन्दै मांसाहारी आन्दोलन आवश्यक रहेको बताएका थिए।

गृहमन्त्री थापाले प्रतिगमनको विरुद्धमा तेस्रो जनआन्दोलनको उद्घोषसमेत गरे। 'आजको उपस्थितिले देखाएको छ, तेस्रो जनआन्दोलन सुरुवात भएको छ। प्रतिगमनको विरुद्धमा नयाँ जनआन्दोलन सुरुवात गरेका छौँ,' उनले भने।

सरकार, राष्ट्रपति र प्रधानमन्त्रीलाई अपदस्त गर्न खोजेपछि अहिलेको परिस्थिति सिर्जना भएको भन्दै उनले यस परिस्थितिको अन्त्य गर्नका लागि आन्दोलन आवश्यक रहेकोसमेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell