PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

अन्तत उही दृष्य : सभा सकियो, झन्डा र ब्यानर भने छुट्यो बदम अनि सुन्तलाका बोक्रासँग

अन्तत उही दृष्य : सभा सकियो, झन्डा र ब्यानर भने छुट्यो बदम अनि सुन्तलाका बोक्रासँग

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : प्रचण्ड-माधवकुमार नेपालको सभामा जस्तै दृष्य दोहरियो - सभा सकियो, झन्डा मिल्काइयो, ब्यानर फ्याँकियो बदम अनि सुन्तलाका बोक्रासँगै।

आज प्रधानमन्त्रीले किन यति धेरै मानिस राजधानीमा डाकेर भेला गर्नुपर्‍यो प्रस्ट खुलाएनन् आमसभामा। झाँकीसहित सुरु भएको शक्ति प्रदर्शनको र्‍याली सुरुमा देख्दा भव्य महसुस हुन्थ्यो। व्यवस्थापन पनि उस्तै चुस्त हुने अपेक्षा थियो।

तर, यी दृष्यहरुले उही कथा दोहर्‍यायो। सभामा नाम दर्ता गराउन वा अनुहार देखाउन आएकाहरुको सलबलाहट प्रचण्ड-माधवकुमार नेपालको सभामाभन्दा फरक देखिएन। दरबारमार्गका ब्रान्डेड पसलहरु बन्द भए। सडक पेटीमा बदम, सुन्तला र किताब फिँजाएर बेच्नेहरु बसे। किताब त खासै बिकेनन्, बिके सुन्ताला र बदाम।

अगाडि सडकमै थचक्क बसेकाहरु बाहेक भाषणका बिच मानिसहरु यताउता चलिरहे। चिसो सिरेटोले पनि हुनुपर्छ, भाषण चलिरहँदा दरबारमार्गमा खुलेका रेस्टुराँहरुमा भने मानिसहरुको चहलपहल थियो। 

अन्य सभाका दृष्य झै फेरि यहाँ उस्तै दृष्यहरु देखा परे। ल्याइएका प्लेकार्ड सडकमै मिल्के, बदमका बोक्रासँग पर्चा र झन्डाहरु पनि मिल्किए। दरबारमार्गमा एउटा शक्ति प्रदर्शन भयो।   



ट्रेन्डिङ पोस्ट

Ncell