PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

संवैधानिक नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश



पहिलोपोस्ट

संवैधानिक नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं: सर्वोच्च अदालतले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।

बुधवार सरकारले विभिन्‍न संवैधानिक निकायमा नियुक्ति गरेका पदाधिकारीहरुलाई प्रधानन्यायाधीशबाट शपथ गराएको थियो। संसदीय सुनुवाइ बिनै संविधानविपरित नियुक्ति गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोही दिन रिट निवेदन दायर गरेका थिए।

न्यायाधीश कुमार रेग्मीको इजलासले राष्ट्रपति र सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो। आदेशमा १५ दिनभित्र जवाफ दिन भनिएको छ।

संवैधानिक नियुक्तिविरुद्ध आजै सभामुख अग्नी सापकोटाले पनि प्रधानन्यायाधीश, प्रधानमन्त्री, राष्ट्रपति कार्यालयसहित नियुक्तविरुद्ध आफैं सर्वोच्च पुगेर रिट दायर गरेका थिए। उनको रिटमा आइतवार पेसी तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell