काठमाडौंः बुधवार विद्यालयबाट घर फर्किने क्रममा परिवारसँग सम्पर्कविहीन भएकी १७ वर्षीय किशोरी मृत अवस्थामा फेला परेकी छिन्।
बैतडीको दोगडाकेदर गाउँपालिका ७ की १७ वर्षीय भागरथी भट्ट मृत अवस्थामा फेला परेकी हुन्। बिहीबार स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए। उनी बुधवार दिउँसो करिब साढे २ बजेतिर विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी थिइन्।
किशोरीको शरीरमा घाटी थिचिएको डाम देखिएको छ। त्यसै टाउकोमा प्रहार गरिएको छ।' घाटी थिचिएको डाम देखिन्छ। यौनीबाट रगत समेत बगेको छ,' प्रहरी निरीक्षक धामीले भने।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बलात्कारपछि हत्या भएको हुनसक्ने देखाएको छ। तर पोस्टमार्टम रिपोर्ट नआएसम्म प्रहरीले औपचारीकरुपमा बलात्कार हो भन्ने अवस्था देखिँदैन। प्रहरीले घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुर समेत झिकाएको थियो। कुकुरलाई घटनास्थलमा पुर्याएर छोड्दा अलिक पर फ्यालिएको अबस्थामा मोबाइल भेटिएको थियो।
'किशोरीले बोक्ने मोबाइल फुटाएको अवस्था फेला परेको छ। त्यसबाट पनि थप अनुसन्धान हुनसक्छ,' प्रहरी निरीक्षक धामीले भने।