PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सरर... गाडीमा नारायणहिटी आएका प्रधानमन्त्रीले 'तमासा' देखे होलान् त?

सरर... गाडीमा नारायणहिटी आएका प्रधानमन्त्रीले 'तमासा' देखे होलान् त?

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा विघटनपछि केपी शर्मा ओली सरकारले संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गरी शपथ खुवाएसँगै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहल बिहीवार देशभर आमहड्ताल गर्‍यो।

प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताले बिहानैदेखि सवारी साधन संचालनमा अवरोध गरे। आमहड्ताल निरीक्षण गर्न गाडी चढेर आएपछि प्रचण्डको आलोचना भयो। स्कुटर चढेर माधवकुमार नेपाल सडकमा निस्किएपछि पनि धेरै प्रश्न तेर्सिए।

यसैबिच बिहीवार नै प्रधानमन्त्री ओली किसान महासंघको कार्यक्रममा पुगे र गाडी र स्कुटरमा हिँडेका प्रचण्ड - नेपाललाई व्यंग गरे।

'आफू गाडी चढेर जनताको दु:ख हेर्न, गाडी चढेर तमासा हेर्न निस्किए,' ओलीले बताएका थिए।

ओलीले आज प्रतिनिधिसभा विघटनको पक्षमा जनप्रदर्शन आयोजना गरे। बिहीवार राति देखि नै प्रधानमन्त्रीको कार्यक्रमका लागि दरबारमार्ग क्षेत्रमा सवारी आवागन ठप्प बनाइएको थियो। ओलीकै सभाका कारण आज बिहानैदेखि रत्नपार्क भएर संचालन हुने अधिकांश रुटका गाडी ट्राफिक प्रहरीले डाइभर्ट गर्‍यो। ओलीको सभा हुने दरबारमार्ग भन्दा २-३ किलोमिटर टाढैबाट प्रहरीले गाडी फर्काएका थिए। जसकारण सर्वसाधरणले दु:ख ब्यहोर्नुपर्‍यो। बिहीवार प्रचण्ड-नेपालको आमहड्तालले सास्ती भोगेका सर्वसाधरणले आज सत्तामा बसेकै व्यक्तिको सभाका कारण सास्ती ब्यहोरे।

राजधानीको मुख्य सडकलाई नै अस्तव्यस्त बनाउँदै गाडी बन्द गराए पनि प्रधानमन्त्री ओली भने हिजो प्रचण्ड जसरी गाडीमा गएका थिए, त्यसरी नै नारायणहिटी पुगे। प्रचण्डले झै स्कर्टिङ बिच उन दरबारमार्ग पुग्दा बाटो बन्द भएकाहरु लखरलखर हिँड्न बाध्य भएका थिए। उनकै सभाका कारण हजारौं मानिस बिच बाटोमा अलपत्र परे। दरबारमार्गको व्यवसाय ठप्प भयो। उनले गाडीको सिसाबाट जनताको दु:ख देखे होलान् कि नाइ?  'तमासा' देखे होलान् कि नाइ?

किनकि हिजो प्रचण्डको शैलीमा ओलीले तमासा देखेका थिए, आज आफैँले त्यही शैली अपनाए।  



ट्रेन्डिङ पोस्ट

Ncell