PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

आइपिएलको अक्सनमा परेका यी हुन् ८ नेपाली खेलाडी



पहिलोपोस्ट

आइपिएलको अक्सनमा परेका यी हुन् ८ नेपाली खेलाडी

काठमाडौं: इण्डियन प्रिमियर लिग २०२१ को लागि नेपालबाट ८ खेलाडी अक्सनमा परेका छन्। आइपिएलले शुक्रबार अक्सनमा दर्ता भएको खेलाडीको संख्या सार्वजनिक गरेको छ। जस अनुसार नेपालबाट ८ जना खेलाडी अक्सनमा हुनेछन्।

यसबाहेक अफगानिस्तानबाट ३०, अस्ट्रेलियाबाट ४२, बंगलादेशबाट ५, इङ्ग्ल्याण्डबाट २१, आयरल्याण्डबाट २, नेदरल्याण्डबाट १, न्युजिल्याण्डबाट २९, स्कटल्याण्डबाट ७, साउथ अफ्रिकाबाट ३८, श्रीलंकाबाट ३१, यूएईबाट ९, युएसएबाट २, वेस्टइण्डिजबाट ५६ र जिम्बावेबाट २ जना खेलाडी अक्सनका लागि दर्ता भएको आइपिएलले जनाएको छ।

अक्सन १८ फेब्रुअरीमा चेन्नाइमा हुनेछ।

यी हुन क्यानले पठाएको ८ खेलाडी

सन्दीप लामिछाने, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अभिनाश बोहोरा, दीपेन्द्रसिंह ऐरी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell