PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

कू विरुद्ध तीन औंले सलाम, म्यानमारमा जाग्दै विद्यार्थी



पहिलोपोस्ट

कू विरुद्ध तीन औंले सलाम, म्यानमारमा जाग्दै विद्यार्थी

म्यानमारमा सैनिक कू विरुद्ध नागरिकस्तरमा आन्दोलन बढ्नेक्रममा रहेको छ। त्यहाँका शिक्षक तथा विद्यार्थीहरु प्रदर्शनमा उत्रिन थालेका छन्।
यंगुनको ठूलो विश्वविद्यालयमा प्रदर्शन भएको छ। प्रदर्शनमा आङ सान सु चीको पक्षमा नारावाजी भएको छ। प्रदर्शनमा उत्रिएकाहरुले रातो रिबन लगाएका छन्। 

सोमवार भएको सैनिक कू पछि सु ची र अन्य नेताहरुलाई बन्दी बनाइएको छ। पछिल्लो पटक नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)का अर्का वरिष्ठ नेता पनि पक्राउ परेका छन्। 

सोमवार सेनाले गरेको कू पछि नदेखिएकी नेता सु चीलाई घरमै नजरबन्द गरिएको उनका वकिलले बताएका छन्। उनले आफूलाई र राष्ट्रपतिलाई निशर्त छोड्नुपर्ने बताएकी छिन् जसलाई अस्वीकार गरेको छ। उनका वकिललाई समेत भेट्न दिइएको छैन।

हिजो मध्यान्हदेखि हजारौं शिक्षक तथा विद्यार्थी ड्यागोन विश्वविद्यालयको बाहिर भेला भए र तीन औलाले सलाम गरे। तीन औंले सलाम

आन्दोलनको संकेतका रुपमा उनीहरुले प्रयोग गरेका हुन्। रातो झन्डा फहराउँदै उनले सु ची को पक्षमा नारावाजी गरेका थिए। 

५ करोड ४० लाख जनसंख्या रहेको म्यानमार दक्षिण पूर्वी एसियाली मुलुक हो जुन बंगलादेश, भारत, चीन, थाइल्यान्ड र लाओससँग जोडिएको छ। सन् १९६२ देखि २०११ सम्म सेनाकै नेतृत्वमा शासन चल्दै आएको यो मुलुकमा सु ची को नेतृत्वमा प्रजातान्त्रिक आन्दोलन सफल भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell