PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

खाना नबनाएको विषयमा नै श्रीमतीको हत्या !



पहिलोपोस्ट

खाना नबनाएको विषयमा नै श्रीमतीको हत्या !

काठमाडौः श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

कास्कीको इलाका प्रहरी कार्यालय शिसुवाको टोलीले पर्वत जलजला गाउँपालिका वडा नम्बर ७ धाईरिङ घर भएका ५० वर्षीय गम बहादुर पुनलाई नियन्त्रणमा लिएको हो।

बिहीबार राती पनुले ४२ वर्षीय हरिमाया पुनलाई बन्चरो प्रहार गरी हत्या गरेको खुलेको छ। शुक्रवार बिहान प्रहरीले पुन सुत्ने कोठा शव फेला परेको थियो। घटनाको अनुसन्धान गर्दै जाँदा हत्यामा उनकै श्रीमानको संलग्नता भएको देखिएपछि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

खाना नबनाएको विषयमा झगडा हुँदा श्रीमतीको हत्या गरेको पुनले प्रहरीमा बयान दिएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell