PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

सडकमा ट्याक्सीको लाम लगाएर विरोधमा उत्रिए व्यवसायी, उत्रिए आगजनीविरुद्ध

सडकमा ट्याक्सीको लाम लगाएर विरोधमा उत्रिए व्यवसायी, उत्रिए आगजनीविरुद्ध

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आन्दोलनरत् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले बिहीवार गरेको आमहड्तालको क्रमममा ट्याक्सी जलाएको विरोधमा आज ट्याक्सी व्यवसायीहरुले प्रर्दशन गरेका छन्। शनिवार दिउँसो माइतीघरमा नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा संघले विरोधस्वरुप सडकमा ट्याक्सी रोकेर धर्ना दिए। 

उनीहरुले राजनितिक हस्तक्षेप बन्द गर, ट्याक्सी व्यवसायीको लगानी सुरक्षित गर, यातायात क्षेत्रमा गौर कानुनी  धन्दा गर्ने चाहिँ उद्यमी, हामी चाहिँ के? भन्ने नारा लेखिएको प्लेकार्ड बोकेर नारा लगाएका थिए।

बिहीवार गोंगबुमा आमहड्तालमा ट्याक्सी चलाएको भन्दै अज्ञात समूहले  प्रदेश ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell