PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

अबदेखि पाटनढोकामा चारपाङग्रे सवारी निषेध



पहिलोपोस्ट

अबदेखि पाटनढोकामा चारपाङग्रे सवारी निषेध

काठमाडौं : सडकमा सवारी साधनको चाप बढेको भन्दै ललितपुरको पाटनढोकामा चारपाङ्ग्रे सवारी साधन प्रवेश निषेध गरिएको छ।

यूएन पार्क, ज्वागल,चाकुपाटबाट आउने र पाटन ढोका बसपार्कबाट आउने चारपाङग्रे सवारी पाटनढोका (गेट) तर्फ जान निषेध गरिएको हो। यो नियम आइतबारबाट लागू हुने ट्राफिक प्रहरीले जानकारी दिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र ललितपुर महानगरपालिको समन्वयमा सवारी निषेध गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell