PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

वीरगंजमा काँग्रेसको जनवर्गीय संगठनको विरोध प्रदर्शन



पहिलोपोस्ट

वीरगंजमा काँग्रेसको जनवर्गीय संगठनको विरोध प्रदर्शन

वीरगंज : वीरगंजमा नेपाली काँग्रेस निकट दुई दर्जनभन्दा बढी विभिन्न जनवर्गीय शुभेच्छुक संगठनद्वारा विरोध प्रदर्शन गरिएको छ। 

प्रतिनिधिसभा विघटनको विरोधमा बिहान साढे ११ बजेदेखि घण्टाघरबाट शुरु गरिएको जुलुस आदर्श नगर–घडिअर्वा चोक हुँदै पुनः घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो। काँग्रेसको केन्द्रीय कार्यक्रम अनुसार देशव्यापी गरिएको विरोध प्रदर्शनमा संसद पुनर्स्थापना गर्न, असैवाधानिक कदम सच्याउन माग गरिएको थियो।

प्रदर्शनमा ओली सरकार मुर्दाबाद, तानाशाह सरकार मुर्दाबाद जस्ता नारा लगाइएको थियो । जुलसमा काँग्रेस निकट नेपाल ट्रेड युनियन, कारखाना श्रमिक संघ, किसान संघ, नेवि संघ, व्युटिसियन संघ, शिक्षक संघलगायत पेशागत विभिन्न संगठनको कार्यकर्ताहरुको सहभागिता थियो। नेपाली काँग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीको सभापतित्वमा भएको कार्यक्रममा उद्योगपति तथा पूर्व सभासद अनिलकुमार रुगंटा, जिल्ला सचिव श्याम पटेल, जिल्ला सदस्य सहरुमराउत गद्दी लगायत नेताहरुले मन्तव्य व्यक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell