PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

नक्कली नोटका कारोबारी सक्रिय, महोत्तरीमा भेटियो पाँच सय दरका नक्कली नोट



पहिलोपोस्ट

नक्कली नोटका कारोबारी सक्रिय, महोत्तरीमा भेटियो पाँच सय दरका नक्कली नोट

काठमाडौंः नक्कली नोट सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

शुक्रवार दिउँसो २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले भारत सितामढी ग्राम पंचायत नरगा लक्ष्मीपुर २ बस्ने ३५ वर्षीय साबिर अंसारी र सितामढी ग्राम पठनपुर १४ बस्ने ४२ वर्षीय जियाउल अंसारीलाई पक्राउ गरेको हो।

जलेश्वर नगरपालिका-१ स्थित सडक बिआर ३० भि ९५३० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकेर चेक गर्दा नक्कली नोट फेला परेको हो। उनीहरुको साथबाट ५ सय दरका २७ थान गरी जम्मा १३ हजार ५ सय नक्कली नेपाली नोट फेला परेको प्रहरीले जानकारी दिएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

एकसाता अघि मात्र प्रहरीले कञ्चनपुरबाट नक्कली नोट फेला पारेको थियो। लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्रहरी बलको टोलीले समातेको थियो। उनीहरुको साथबाट नक्कली नोट बनाउने कागज २००, नक्कली नोट हजार दरको पाँच बरामद गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell