PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सत्तारुढ दल बोलेन, प्रचण्ड- माधव समूहले भन्यो : १७ वर्षीया किशोरीको हत्या, राज्यसंयन्त्र असफल



पहिलोपोस्ट

सत्तारुढ दल बोलेन, प्रचण्ड- माधव समूहले भन्यो : १७ वर्षीया किशोरीको हत्या, राज्यसंयन्त्र असफल

काठमाडौं : प्रतिनिधिसभा विघटनपछि आन्दोलनरत रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहले राज्यले आम नागरिकलाई शान्ति सुरक्षा दिन असफल भएको आरोप लगाएको छ। प्रचण्ड-माधव समूहले शनिवार विज्ञप्ति जारी गर्दै बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी भागरथी भट्टको हत्यालाई लिएर सरकारले आम मानिसलाई शान्ति सुरक्षा दिन असफल भएको आरोप लगाएको हो।

बुधवार विद्यालयबाट घर फर्किने क्रममा १७ वर्षीय भागरथी बेपत्ता भएकी थिइन्। स्थानीय सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत उनी बेपत्ता भएको झन्डै २४ घण्टापछि बिहीवार साँझ ५ बजेतिर लवलेक सामुदायिक वनमा मृत भेटिएकी थिइन्। हत्या गरी फ्याँलिएको अवस्थामा शव भेटिएको थियो। प्रहरीको प्रारम्भीक अनुसन्धानमा बलत्कारपछि हत्या भएको हुनसक्ने देखिएको छ। तर घटना कसरी भयो? कसले गर्‍यो भन्ने खुलेको छैन।

प्रचण्ड- माधव नेपाल समूहले यो घटना पनि दुई वर्षअघि कंचनपुरमा बलत्कारपछि हत्या भएकी १३ वर्षीय निर्मला पन्तको झैं गैरजिम्मेवारी नबन्न सरकारलाई आग्रह गरेको छ। घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारबाही गर्न माग गरेको छ। यो प्रकरणको विषयमा ओली पक्षीय नेकपाले अहिलेसम्म मुख खोलेको छैन।

२०७५ साउन ११ गते भीमदत्त नगरपालिका–१८ निम्बुखेडा स्थित उखुबारीमा १३ वर्षीय निर्मला पन्तको  बलात्कारपछि हत्या गरिएको अबस्थामा शव फेला परेको थियो। घटना भएको तीन वर्ष हुन लाग्दा पनि निर्मलाको हत्यारा प्रहरीले पक्राउ गर्न सकेको छैन।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell