PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

सुत्केरी हुन कठिन भएपछि हेलिकप्टरबाट लगियो पोखरा



रासस

सुत्केरी हुन कठिन भएपछि हेलिकप्टरबाट लगियो पोखरा
गुगल म्याप

गलकोट : बागलुङ जिल्लाको बडीगाड गाउँपालिका निवासी एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरी पोखरा लगिएको छ। सुत्केरी गराउनका लागि ढोरपाटन नगरपालिकास्थित बुर्तिवाङ स्वास्थ्य चौकी लगिए पनि अत्यधिक रक्तश्रावका कारण बुर्तिवाङ स्वास्थ्य चौकीले सुत्केरी गराउन नसकेपछि गर्भवतीको बडीगाड गाउँपालिकाको समन्वयमा हेलिकप्टरमार्फत उद्धार गरी गण्डकी अस्पताल पोखरा पठाइएको बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंङ पाइजाले जानकारी दिए।

तत्कालै सुत्केरी नगराए गर्भवती र शिशु दुवैको ज्यान खतरामा रहेको स्वास्थ्यकर्मीले बताएपछि उद्धार गरिएको पाइजाको भनाइ छ। बडीगाड गाउँपालिका–५ धैरेनी निवासी २४ वर्षीया शान्ता घिमिरेलाई बुर्तिवाङ स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी पोखरा पठाइएको अध्यक्ष पाइजाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell