PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

दुवाथलन तेश्रो संस्करणको च्याम्पियन बने किरण र बिदिशा



पहिलोपोस्ट

दुवाथलन तेश्रो संस्करणको च्याम्पियन बने किरण र बिदिशा
तस्बिर राखेप

काठमाडौं: सुनसरी धरानका किरण लिम्बु तेश्रो संस्करणको क्रस दुवाथलन सिरिजमा च्याम्पियन बनेका छन्। २.५ किलोमिटर दौड, १० कि.मि. साईक्लिङ्ग र १.३ कि.मि. दौड ३५ मिनट ३४.४१ सेकेन्डमा पूरा गर्दै लिम्बु च्याम्पियन बनेका हुन्। लिम्बुले पूरा गरेको समय तेश्रो संस्करण सम्मको सबै भन्दा छोटो समय हो।

पहिलो संस्करणमा सुरेश भुजेलले ३५ मिनट ४० मिनटमा र दोश्रो संस्करणमा अच्युत कृष्ण खरेलले ३७ मिनेट २७ सेकेन्ड मा प्रतियोगित सम्पन्न गर्दै विजेता बनेका थिए।

ललितपुरको बज्रबाराही, झरुवारासीमा भएको प्रतियोगिताको पुरुष तर्फ सुरज कुमार पासवान, दोश्रो र मौलिक महर्जन तेश्रो भए। पासवानले निर्धारित दुरी ४० मिनट ३२.९३ सेकेन्डमा र महर्जनले ४० मिनट ५६.८५ सेकेन्डमा पुरा गरे।

नेपाल ट्राईयाथलन संघ र जम्प नेशनको संयुक्त आयोजनामा भएको सिरिजमा महिला तर्फ बिदिशा चौधरीले निर्धारित दुरी ४९ मिनट ५२.४१ सेकेन्डमा पुरा गर्दै च्याम्पियन भइन्। दुई मात्र खेलाडीले सहभागिता जनाएको महिलाको प्रतिस्पर्धामा अर्की खेलाडीले निर्धारित दुरी पूरा गर्न सकिनन्। उनलर् बीचमै प्रतिस्पर्धा त्यागे पछि चौधरी च्याम्पियनको हकदार बनेकी थिइन्।

महिलातर्फ अनिशा गुरुङ्गले पहिलो संस्करणमा ४३:५४ मिनेटको छोटो समय प्रतियोगिता सम्पन्न गरेकी थिइन्। 

च्याम्पियन लिम्बु र चौधरीले किङ्गस लञ्जद्वारा प्रायोजित ३ हजार बराबरको भौचर, ट्रफी र प्रमाण पत्र प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell